दफा १४
मुद्दा हेर्ने अधिकारी
(१) दफा ११ अन्तर्गतको मुद्दामा सुरु कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीलाई र सो बाहेक यस ऐन अन्तर्गतको अरु मुद्दाको सुरु कारबाई र किनारा गर्ने अधिकार अन्तशुल्क अधिकारीलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम सुरु कारबाई र किनारा गर्ने अधिकारीलाई प्रचलित नेपाल कानूनबमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार प्राप्त हुनेछ ।